रसुवा जिल्ला को भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

उप सम्पादक जीत बहादुर चौधरी के रिपोर्ट
26/08/2026

काठमाण्डौं,नेपाल – रसुवा जिल्ला को भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।

रसुवा जिल्ला का प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।

तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।

उनले भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु ।

के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा जिल्ला, नुवाकोट जिल्ला, धादिङ जिल्ला, गोरखा जिल्ला र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *